गृहपृष्ठ खबर सिद्धार्थ बैंक जीतपुर शाखाद्वारा गुरुकुललाई कम्प्युटर तथा प्रिन्टर

सिद्धार्थ बैंक जीतपुर शाखाद्वारा गुरुकुललाई कम्प्युटर तथा प्रिन्टर

बाणगंगा–२, कैलाश आश्रम नान्दनगरस्थित श्री मनकामना संस्कृत विद्यापीठ गुरुकुलमलाई सिद्धार्थ बैंक लिमिटेड जीतपुर शाखाले कार्यालय सामग्री हस्तान्तरण गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको हो।

बुधबार आयोजित एक कार्यक्रममा उक्त सामग्री गुरुकुललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको जनाइएको छ।

कार्यक्रममा बैंकका कर्मचारी, गुरुकुलका शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहभागी रहेका थिए।
त्यसैगरी गुरुकुल प्रवर्द्धन समाजका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

यस सहयोगले गुरुकुलको शैक्षिक तथा प्रशासनिक कार्यसम्पादनमा थप सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित् समाचार