काठमाण्डाै – रोल्पामा खहरे खोलाको भेलले बगाउँदा दुई जना विद्यार्थीको ज्यान गएको छ । गङ्गादेव गाउँपालिका वडा नम्बर ६ रातामाटाका निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसीको ज्यान गएको हो ।
हिजो बेलुका विद्यालयबाट घर फर्कने क्रममा उनीहरूलाई खहरे खोलाको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
खोलाले बगाएर बालकहरू बेपत्ता भएपछि खोजी गर्ने क्रममा निकै तल शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।







