गृहपृष्ठ Featured बाणगंगाको बनगाईमा ३५ लाखभन्दा बढीको लगानीमा ‘ब्युटि नेस्ट सलुन’ सञ्चालनमा

बाणगंगाको बनगाईमा ३५ लाखभन्दा बढीको लगानीमा ‘ब्युटि नेस्ट सलुन’ सञ्चालनमा

दिपिका सुनार, कपिलवस्तु।

कपिलवस्तुको बाणगंगा नगरपालिका–७, घरुवा बनगाईमा आधुनिक सुविधा सम्पन्न ‘ब्युटि नेस्ट सलुन एण्ड स्टुडियो’ सञ्चालनमा आएको छ। करिब ३५ लाख रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरिएको उक्त सलुनले एकै स्थानबाट सौन्दर्यसम्बन्धी आधुनिक तथा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

सलुन सञ्चालक सावित्रा सुवेदीले पछिल्ला दुईदेखि तीन वर्षसम्म सौन्दर्य क्षेत्रमा अनुभव हासिल गरेपछि आफ्नै व्यवसाय सञ्चालन गर्ने सपना साकार भएको बताउनुभयो। उहाँका अनुसार ग्राहकको आवश्यकता र समयको मागलाई मध्यनजर गर्दै हेयर कट, हेयर स्टाइलिङ, मेकअप, स्किन केयर, ब्राइडल प्याकेजलगायतका आधुनिक सौन्दर्य सेवाहरू एकै स्थानबाट उपलब्ध गराइनेछ।

उहाँले सेवा प्रवाहसँगै दक्ष जनशक्ति उत्पादनलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। सौन्दर्य क्षेत्रमा भविष्य निर्माण गर्न चाहने युवायुवतीका लागि व्यावसायिक तालिमको व्यवस्था गरिएको उल्लेख गर्दै तालिममार्फत सीप हासिल गरी आत्मनिर्भर बन्न चाहनेलाई अवसर प्रदान गरिने उहाँको भनाइ छ।

स्थानीय स्तरमै गुणस्तरीय तथा आधुनिक सौन्दर्य सेवा उपलब्ध भएपछि ग्राहकलाई सहज हुने विश्वास व्यक्त गर्दै सञ्चालक सुवेदीले सेवा, गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गरिने बताउनुभयो।

नयाँ सलुन सञ्चालनमा आएसँगै स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै सौन्दर्य सेवा क्षेत्रको विस्तार र व्यवसायिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित् समाचार