गृहपृष्ठ Featured दाङमा जंगली च्याउ खाँदा बिरामी परेकी एक महिलाको मृत्यु

दाङमा जंगली च्याउ खाँदा बिरामी परेकी एक महिलाको मृत्यु

दाङको तुलसीपुरमा दुई दिन अघि जंगली च्याउ खाँदा बिरामी परेकी  एक महिलाको शनिबार बेलुकी मृत्यु भएको छ।

तुल्सीपुर उपमहानगरपालिका –३ बल्लेकी ३७ वर्षीया दीपा पुनको थप उपचारका लागि  बाँकेको नेपालगञ्ज तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी अधिकारीले जानकारी दिए।

मृतकको शव पोष्टमर्टमका लागि राप्ति प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ।

असार ३२ गते स्थानीय जंगलबाट खोजेर ल्याएको जंगल च्याउ खाँदा उनीसहित घर परिवारका पाँच जना विरामी परेका थिए। थप चाल जना भने उपचार पछि घर फर्किएका छन्।

मृतक दीपालाई यसअघि  राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै शुक्रबार बेलुकी पख घोराहीको गोल्लीस्थित संजिवनी हस्पिटलमा थप उपचारका लागि पुर्‍याइएको थियो।

उनको अवस्थामा सुधार नआएपछि शनिबार दिउँसो थप उपचारका लागि बाँकेको नेपालगञ्जका रेफर गरिएको थियो।

बाँकेतर्फ लैजाने क्रममा दीपाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जंगलबाट च्याउ ल्याएर खाएका मध्य एकै परिवारका ७५ वर्षीया दीलमाया पुन, १४ वर्षीय सुमन बुढाथोकी,  ११ वर्षीय विपिन पुन र  ७ वर्षीय  विवेक पुन बिरामी परेका थिए।

उनीहरु चार जना भने उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार