गृहपृष्ठ Featured अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछ: ट्रम्प

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछ: ट्रम्प

अमेरिकाका राष्ट्रपति ट्रम्पले फेरि इरानमा बम विस्फोट गर्ने धम्की दिएका छन्।

सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानले हर्मुज स्ट्रेटमा जहाजमा आक्रमण गर्‍यो उसका पुल र पावर प्लान्ट उडाइ दिने चेतावनी दिएका हुन्।।

उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘अबदेखि इरानले हर्मुज स्ट्रेटमा कुनै पनि जहाजलाई क्षेप्यास्त्र, रकेट, ड्रोन वा अन्य कुनै हतियारले आक्रमण गर्‍यो भने अमेरिकाले इरानको राजधानी वा वरपरका पुल वा पावर प्लान्टमा बम विस्फोट गराएर ध्वस्त पार्नेछ।’

हर्मुज मार्ग र वरपरका समुद्रमा व्यावसायिक तथा सैन्य जहाजमा आक्रमण इरान र संयुक्त राज्य अमेरिकाबिचको द्वन्द्वको प्रमुख कारण बनिरहेको छ।

जहाजमा आक्रमण गर्ने क्षमता कमजोर पार्न भन्दै अमेरिकाले इरानविरुद्ध केही दिनयता लगातारजसो हवाई हमला गरिरहेको छ।

सम्बन्धित् समाचार