गृहपृष्ठ Featured गुल्मीमा अरिङ्गाल पोल्ने क्रममा ३ जना घाइते

गुल्मीमा अरिङ्गाल पोल्ने क्रममा ३ जना घाइते

गुल्मी । रेसुङ्गा नगरपालिका-११ दाडाखर्कमा सालको रुखमा रहेको अरिङ्गाल पोल्ने क्रममा तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन सोमबार राति करिब १० बजे स्थानीय तलबेशी भन्ने स्थानमा अरिङ्गाल पोल्ने क्रममा ३३ वर्षका रामबहादुर छराली मगर, २४ वर्षका सन्दीप थापा र ३५ वर्षका ज्ञानबहादुर रानालाई अरिङ्गालले टोकेको हो ।

प्रहरीका अनुसार रामबहादुरलाई करिब २०–२२ वटा, सन्दीपलाई ५–६ वटा र ज्ञानबहादुरलाई ४–५ वटा अरिङ्गालले टोकेका छन् ।

घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको छ । उनीहरूको अवस्था मध्यम रहेको र अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे मध्यराति जिल्ला प्रहरी कार्यालयमा जानकारी भएपछि प्रहरी सहायक निरीक्षक टोकबहादुर बस्नेतको कमाण्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

सम्बन्धित् समाचार