गृहपृष्ठ Featured पाल्पामा महिलाको शव फेला

पाल्पामा महिलाको शव फेला

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका–४ राम्दीस्थित कालीगण्डकी नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मंगलबार साँझ करिब ७:३० बजे स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार मृतक अन्दाजी ४० वर्षीया महिला रहेको प्रारम्भिक अनुमान गरिएको छ । शव सडेको अवस्थामा रहेकाले तत्काल पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले शवको पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीले शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ । साथै मृतकको पहिचान र घटनाको कारण खुलाउन अनुसन्धानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार