गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

कृष्णनगर, १९ साउन ।

सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा कपिलवस्तु प्रहरीले शिवराज नगरपालिका-८ बालापुर बस्ने ३६ वर्षीय जग्गु तेलीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार वाणगंगा नगरपालिका-४ गजेहडा बस्ने ६६ वर्षीय अब्दुल मोविन मुसलमानका छोरा अकबर अलीसँग चिनजान र पहुँच भएको भन्दै मुद्दा छुटाई दिने आश्वासन दिई विभिन्न मितिमा पटक-पटक गरी ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

अकबर अलीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट खटिएको संयुक्त टोलीले शिवराज नगरपालिका-७ रुद्रपुरबाट जग्गु तेलीलाई पक्राउ गरेको हो ।

उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए ।

सम्बन्धित् समाचार