गृहपृष्ठ खबर बुवाको हत्या अभियोगमा १९ वर्षीय युवक पक्राउ

बुवाको हत्या अभियोगमा १९ वर्षीय युवक पक्राउ

बर्दिया। आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा गेरुवा गाउँपालिका-५ जुगुतपुर बस्ने १९ वर्षीय सरगम आचार्यलाई गएराति प्रहरीले पक्राउ गरेको छ।

सरगमको कुटपिटबाट टेकराजको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित् समाचार