अर्घाखाँची —
भोटेकोशीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सन्धिखर्क नगरपालिकामा कार्यरत कर्मचारीले ७ दिनको तलबराबर रकम विपद राहत कोषमा जम्मा गर्ने भएका छन् ।
नगरपालिका कार्यालय र सोही मातहत रहेका १ सय ६७ जना कर्मचारीले तलबभत्ताबापत एक साताको रकम कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए । सबै कर्मचारीको रकम करिब २० लाख रुपैयाँ हुनेछ ।
विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा कार्यमा ऐक्यबद्धता जनाउँदै कर्मचारीको बैठक बसी सो रकम उपलब्ध गराउने निर्णय गरिएको उनले बताए ।







