गृहपृष्ठ Featured विपत्तिका बेला निगम र उद्योगीको मिलेमतोमा ग्यासको भाउ बढाइयो

विपत्तिका बेला निगम र उद्योगीको मिलेमतोमा ग्यासको भाउ बढाइयो

काठमाण्डौ — कृष्णभिरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी महँगो परेको भन्दै उद्योगीले काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको भाउ  बढाएका छन् ।

नेपाल आयल निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १०५ रुपैयाँ ३८ पैसा बढाएका हुन् । अब काठमाण्डौ उपत्यकामा ग्यासको भाउ प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।

काठमाण्डौ उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका ग्यास उद्योगमा रिफिल गरी ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानी भाडा थप्नुपरेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।

आयल निगमसँगको सहमति अनुसार ग्यासको भाउ बढाइएको उद्योगीको दाबी छ । संघले विपद्का कारण उत्पन्न असहज परिस्थितिमा ग्यास उद्योगी तथा बिक्रेताहरूलाई नयाँ सिलिन्डरको बजारीकरण नगरी आपूर्ति व्यवस्थालाई सहज बनाउन पनि भनेको छ ।

सम्बन्धित् समाचार