तौलिहवा ।
कपिलवस्तुको कारागारका एक कैदीको मृत्यु भएको छ । गत कार्तिक १५ गते खाना खाएपछि अचानक अचेत भएका ३४ वर्षीय मोहम्मद तप्सिर जोलाहा भनिने मोहम्मद तफ्सिर अन्सारीको मृत्यु भएको हो । उनको मृत्यु ४ दिन अघि भएपनि बिहीवार मात्र मृत्युको खबर बाहिर आएको हो । कारागार प्रशासक शेरबहादुर भण्डारीका अनुसार खाना खाइसकेपछि अन्सारी एक्कासि बेहोस भएपछी उनलाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा पुर्याइएको थियो
अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । यस अघि पनि मृतक कारागारमा अचेत भएको बताईएको छ । प्रशासक भण्डारीले अन्सारीको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने बताएका छन् । कपिलवस्तु कारागारमा दुईवटा ब्लकमा गरी हाल ४ सय २४ जना कैदीबन्दी रहेका छन् ।







