गृहपृष्ठ Featured लगातार चौथो जितसहित काठमाण्डौ गोर्खाज एनपीएलको शीर्षस्थानमा

लगातार चौथो जितसहित काठमाण्डौ गोर्खाज एनपीएलको शीर्षस्थानमा

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै  काठमाण्डौ गोर्खाज अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  काठमाण्डौले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले सर्वाधिक ५५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्।

त्यसअघि पहिले ब्याटिङ गरेको  काठमाण्डौले ८ विकेट गुमाएर १८० रन बनाएको थियो । यो जितसँगै पाँच खेलबाट आठ अंक जोडेको  काठमाण्डौ शीर्ष स्थानमा पुगेको छ ।  पाँच खेलमा दोस्रो हार बेहोरेको चितवन पाँच अंकसहित चौथो स्थानमा छ।

सम्बन्धित् समाचार