गृहपृष्ठ Featured लगातार घट्दै सुनको भाउ, प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार

लगातार घट्दै सुनको भाउ, प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको भाउ लगातार घटिरहेको छ । तिहारपछिका कारोबार दिनमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

बिहीबार पनि सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा तीन हजार ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा दुई लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा तोलामा ४५ रुपैयाँ घटेको छ । यस दिन चाँदी प्रतितोला तीन हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित् समाचार