गृहपृष्ठ Featured जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीद्धारा सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीद्धारा सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको आयोजनामा मंगलबार परासीमा भएको सडक दुर्घटना न्यूनिकरण सम्बन्धी बैठकमा सो कार्य योजना स्वीकृत गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रशासकीय अधिकृत ज्योति राज अर्यालको संयोजकत्वमा गठित समितिले पेश गरेको सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत गरिएको हो ।

स्वीकृत कार्ययोजनामा तीन पाङ्ग्रे सवारी साधनको ऐन नियम बनाई व्यवस्थापन गर्ने, टिप्परलाई टाइम कार्डको व्यवस्था गर्ने उल्लेख गरीएको छ । कार्ययोजनामा ट्राफिक सचेतना वृद्धि गर्ने, ड्राइभिङ्ग इन्स्टिच्युट र प्रशिक्षार्थीको अनुगमन, गर्ने , सडक अतिक्रमण तथा फुटपाथ व्यवस्थापन, छाडा चौपाया र ओभरलोड नियन्त्रण, मिडिया सम्पर्क कार्यक्रम, ट्राफिक कम्युनिकेशन एप्स

तथा रिफ्रेस सेन्टरको स्थापना जस्ता विषय समेटिएका छन् ।
सो कार्ययोजनाको कार्यान्वयनबाट पश्चिम नवलपरासीमा सडक दुर्घटना कम हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित् समाचार