गृहपृष्ठ Featured नवलपरासीको सुनवलमा विधुत सर्ट भएर आगलागी हुदाँ लाखैको सामाग्री जलेर नष्ट

नवलपरासीको सुनवलमा विधुत सर्ट भएर आगलागी हुदाँ लाखैको सामाग्री जलेर नष्ट

पश्चिम नवलपरासीको सुनवल दुई रजहवामा बिद्युत सर्ट भएर आगलागी भएको छ । आज शुक्रबार साझ ६ बजेको समयमा सुनवल नगरपालिका वडा नम्बर २ रजाहवा बस्ने शंकर धरिकारको घरमा विद्युतको लाइन बाट आगो लागेको हो ।

आगलागीका कारण उहाको घरमा भएको सम्पुर्ण सामान , लत्ताकपडा, खाद्यवस्तु जलेर नस्ट भएको स्थानिय ज्ञानचन्द यादवले जानकारी दिनु भएको छ । आग लागीबाट कुनै मानवीय क्षति नभएको उहाले बताउनु भएको छ । क्षतिको बिवरण अझै आउन बाकी रहेको छ ।

यस्तै गरी आग लागी भएको केहि समयमा नै सुनवल नगरपालिका प्रमुख भिमबहादुर थापा क्षेत्रीले त्यस ठाउमा पुगी पिडित धरीकारलाइ आफनो तर्फबाट त्रिपाल, कम्मल , सिरक लगायतका सामानहरु सहयोग गर्नु भएको छ । उहाले पिडित पक्षलाइ नगरपालिकाबाट हुने सम्पुर्ण सेवा र सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

सम्बन्धित् समाचार