विक्रम संवत २०२७ सालमा जन्मीएका सरोज गर्न्धवले ५०औं जन्मोत्सवको अवसरमा न्याने कपडा वितरण गरेका छन । उनले जन्मोत्सवको शुभ दिन मिलाएर ६ जना वृद्ध वृद्धाहरुलाई न्यानो कपडा प्रदान गरेका हुन । यसरी आफ्नै गाँउ ठाँउका गरिब दिन दुःखी हरुलाई सहयोग गर्न पाउदाँ उनि निकै हर्षित भएको बताउछन । अर्घाखाँचिको अर्घा वडा न १मा बाबा तुल्सी राम गर्न्धव र आमा छमि कुमारी गर्न्धवको कोख बाटा २०२७ सालमा जन्मीएका थिए । उनले निकै लामो संर्घषका बावजुत अर्घा बाट बसाइ सराई गरि २०४९ सालमा कपिलवस्तु जिल्लाको हालको बाणगंगा वडा न ६मा आएका थिए ।

गर्न्धव परिवारमा हुर्केका उनले यसरि आफ्नो उच्च शिक्षको अन्त्य पछि २०५५ साल देखि कृषि विकास बैंक तैलिहवामा कार्यरत रहेका छन । यतिका वर्ष सम्म कहिल्यै जन्मदिन नमनाएका उनले ५०औं जन्मोत्सवको अवसरमा यसरि बाणगंगा ६ गणेशपुर स्थीत आफ्नै घरमा बोलाएर वृद्ध वृद्धाहरुलाई न्यानो कपडा दिन पाउँदा आफुलाई छुट्टै आनन्दको अनुभुति भएको बताउ छन् ।
तर आजकल युवाहरुले पश्चिमेली संस्कृतिको अन्त्य गरी समाजमा सकारात्मक सन्देश फैलने खालका उदाहरणिय कामहरु पनि गरेका छन् । सोहि क्रममा बाणगंगा ६ का सरोज गर्न्धवले एक फरक तरिकाले जन्मदिन मनाएका छन् । उनले ५० औँ जन्मोत्सवको अवसरमा दिन दुःखी हरुलाइ यसरि न्यनो कपडा वितरण गरि उनीहरुलाइ सहयोग पुर्याएका छन् ।








