गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा चार जना लागु औषध सहित पक्राउ

कपिलवस्तुको बाणगंगामा चार जना लागु औषध सहित पक्राउ

कपिलवस्तुको बाणगंगामा २० ग्राम ३४० मिली ग्राम लागु अ‍ैषध सहित चार जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यलय पिपराका प्रहरि निरीक्षक आयुष जोसिको नेतृत्वमा खटिएको टोलिले बाणगंगा वडा न. ४ दरखास्त बाट चार जना लाई पक्रिएको हो । उक्त टोलिले विशेष सुराकिको आधारमा वडा न. ४ दरखास्त बस्ने बिष्णु सेनको घरमा खनतलासि गर्दा लागु पदार्थ प्याकिङ गर्दै गरेको अवस्थामा फेला परिएको थियो ।

पक्राउ पर्नेमा दरखास्त बस्ने कमल सेन ,दिपक सेन ,पुण प्रसाद चैधरी र वडा न. ८ चप्परगाँउ बस्ने दामोदर घिमिरे लाई प्रहरी नियन्त्रणमा लिएको हो । टोलिले वरामद गरेको लागु औषध स्थानीय जनप्रतिनिधीको रोहबरमा मुजुल्का उठाई नियन्त्रणमा राखिएको हो । पक्राउपरेका चारै जनालाई लागु पदार्थ ओसार पसार बिरुद्ध मुद्धा चलाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित् समाचार