गृहपृष्ठ Featured प्रदेश प्रज्ञा पदक–द्धितिय पदकद्धारा लुम्बिनी वाणिज्य क्याम्पस विभुषित

प्रदेश प्रज्ञा पदक–द्धितिय पदकद्धारा लुम्बिनी वाणिज्य क्याम्पस विभुषित

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस प्रदेश प्रज्ञा पदक–द्धितियबाट विभुषित भएको छ ।
प्रदेश भित्रको शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै सामुदायिक क्याम्पसहरु मध्येबाट प्रदेश सरकार प्रदेश नं. ५ ले तेस्रो स्थापना दिवसको अवसरमा सो मानपदवीबाट विभुषित गरेको हो ।

प्रदेश प्रमुख माननीय धर्मनाथ यादव र मुख्यमन्त्री माननीय शंकर पोखरेलले संयुक्त रुपमा स्थापना दिवस मूल समारोहका अवसरमा सो मानपदवी लुम्बिनी वाणिज्य क्याम्पस संचालक समिति अध्यक्ष मोतीलाल पाण्डे र क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायलाई प्रदान गर्नुभएको थियो ।

 

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलयद्धारा नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस २०७५ बाट बिभुषित यस क्याम्पसले निरन्तर शैक्षिक सफलता हाशिल गर्दै प्रदेशका साथै समग्र राज्यकै व्यवस्थापन शिक्षामा महत्वपुर्ण योगदान पु¥याउदै आएको छ ।

सम्बन्धित् समाचार