गृहपृष्ठ Featured वाणगंगामा फागुन २८ देखि दादुरा रुबेला खोप अभियान संचालन हुँदै

वाणगंगामा फागुन २८ देखि दादुरा रुबेला खोप अभियान संचालन हुँदै

वाणगंगा नगरपालिकामा दादुरा रुबेला खोप अभियान सम्वन्धी नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वाणगंगा नगरपालिका नगर कार्यपालिकाको आयोजनामा दरखास्त ४ माछापुच्छे होटलमा सम्पन्न भएको हो ।
दादुरा रुवेला जस्ता रेगहरु धेरै छिटो सर्ने र अति संक्रमित हुने हुनाले विशेष गरी ५ वर्ष उमेर सम्मका वालवालिकाहरुलाई धेरै छिटो संक्रमण गर्ने हुनाले यसबाट सचेत गराउनको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले रोग र खोपको बारेमा सहजीकरण गरेका थिए ।

सन् २०२३ सम्म निर्मुल पार्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको हो । यस कार्यक्रममा वाणगंगा नगरपािलकामा ९ महिना देखि ५ वर्ष सम्मका वालवालिकाहरुलाई यही फागुन २८ गते देखि दादुरा रुवेला खोप अभियान संचालन हुँदै छ । नेपालको सन्र्दभमा ७३ प्रतिशत वालवालिकाहरुले दादुरा रुवेला खोप लगाउन सफल भएका छन । दादुरा रुवेला खोप लगाउन छुटेका २७ प्रतिशत वालवालिकाहरु लाई समेट्नका लागि यसरि खोप अभियान संचालन गर्नु परेको हो । यस रोगबाट विश्वमा दादुरा मृत्युदरमा ८४ प्रसितशतले घटेको बताइएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख मंगलप्रसाद थारुले यो रोग वालवालिकाहरुलाई धेरै छिटो सर्ने हुनाले यसबाट सचेत गराउनका लागि सबैको दायित्व रहेको बताए । उहाँले यस रोगबाट सबैलाई सचेत पार्न आफू लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।
यस्तै नगर उपप्रमुख चक्र अर्यालले वाणगंगा नगरपालिकामा आफूले सके सम्म शत प्रतिशत रोग निर्मूल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुको अध्यक्षता, उप प्रमुख चक्र अर्यालको विशिष्ठ आतिथ्यता रहेको थियो । यस्तै बाबुराम भट्टराई, ठगराज पौडेल वडाका प्रतिनिधि, पत्रकार लगायको आतिथ्यता रहेको थियो । कार्यक्रममा बाणगंगा नगरपालिका स्वास्थ्य साखा प्रमुख ठगराज पौडेलको स्वागत तथा स्वास्थ्य अधिकृत भक्ति पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार