गृहपृष्ठ खबर सि एण्ड सि अस्पताल जितपुरमा निशुल्क प्रसुती सेवा सुरु

सि एण्ड सि अस्पताल जितपुरमा निशुल्क प्रसुती सेवा सुरु

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका चार नः जितपुर स्थित सि एण्ड सि अस्पतालले निशुल्क प्रसुती सेवा सुरु गरेको छ । नेपाल सरकोरको निति अनुसार बाणगंगा नगरपालिकाको स्वीकृतमा आमा सुरक्षा कार्यक्रम अन्र्तगत बर्थिङ्ग सेन्टर निशुल्क प्रसुती सेवा सुरु भएको हो ।

आज एक औपचारिक कार्यक्रमको आयोजना गरी निशुल्क प्रसुती सेवा सुरुरु गरेको हो । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले निशुल्क प्रसुती सेवाले स्वास्थ्य क्षेत्रमा सकारात्मक असर पर्ने बिश्वास ब्यतm गरेका छन ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका कार्यकारी प्रमुख चुरामणि पन्थी, वडा अध्यक्षहरु बाल कुमारी अधिकारी पन्थ, बिष्णु पौडेल, गणेश बहादुर क्षेत्री, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, बाणगंगा यातायात ब्यवसायी समितिका अध्यक्ष बिष्णु न्यौपाने लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा अस्पतालका निर्देशक गोपाल घिमिरेले अस्पतालले यस सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सबैलाई सहयोगका लागी आग्रह समेत गरेका छन ।

सम्बन्धित् समाचार