भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ । तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा सोमबार बिहान युपी ५६ ७२४० नं को म्याजिक गाडीको ठक्करबाट स्थानीयवासी ५५ वर्षीय अयोध्याप्रसाद चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो । गाडीको ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । गाडी चालक प्रहरी नियन्त्रणमा रहेको वताइएको छ ।
भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट कपिलवस्तुमा एक जनाको मुत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसरकारको सय दिनको समीक्षा गर्ने कांग्रेसको निर्णय
७ घण्टा अघि








