गृहपृष्ठ खबर सैनामैनाको क्वरेन्टीनमा रहेका २२ जनाको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’

सैनामैनाको क्वरेन्टीनमा रहेका २२ जनाको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’

१९ बैशाख सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका २२ जनाको नतिजा ‘नेगेटिभ’आएको छ ।
सैनामैना वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत २२ जना बिरामीको भैरहवा स्थित गहुंबाली केन्द्रमा निर्माण गरिएको प्रादेशिक प्रयोगशालामा नमुना संकलन गरी पठाइएकोमा उनीहरु सबै जनाको थोट्र स्वाब परिक्षण गर्दा कोभिड (१९ पिसिआर रिपोर्ट ‘नेगेटिभ’ आएको नगर स्वास्थ्य शाखा प्रमुख एवम् जन – स्वास्थ्य निरिक्षक हेमराज पन्थीले जानकारी दिनुभयो ।

स्वास्थ्य निरिक्षक पन्थीका अनुसार उनीहरु २० जना सैनामैना नगरपालिकाका र २ जना कञ्चन गाउँपालिकाका रहेका छन् । जसमा २० जना पुरुष र २ जना महिला हुन् ।  बिहीबार परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाइ आस्पतालले छाडेको छ । उनीहरुलाई घरमा गएर करिब एक हप्ता होम क्वरेण्टीनमा अनिवार्य बस्न समेत आग्रह गरिएको छ । प्राकृतिक चिकित्सालयको कोरोना विशेष अस्थायी अस्पतालमा हाल २ जना महिलाले उपचार गराइरहेका छन् ।

सैनामैनाबाट हाल सम्म २७ जनाको पिसिआर र १२ जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित् समाचार