गृहपृष्ठ खबर रुपन्देहीकी कोरोना संक्रमित महिलाको तीन जिल्लामा बसाइ रहेको खुलासा

रुपन्देहीकी कोरोना संक्रमित महिलाको तीन जिल्लामा बसाइ रहेको खुलासा

मंगलबार कोरोना संक्रमति पुष्टि भएकी एक महिला तीन जिल्लामा हिँडडुल गरेको पाइएको छ । वैशाख १९ गतेदेखि जेठ ५ गतेसम्म उनी रुपन्देही, नवलपरासी र काठमाडौंमा बसाइ गरेको पाइएको हो । रुपन्देहीको कोटीहवा घर भएकी २४ वर्षीया उनी वैशाख १९ गते पूर्वी नवलपरासीको देवचुली नगरपालिका -२ (माइती घर) मा पुगेकी थिइन् । माइती घरमा उनी ९ दिन बसेकी थिइन् । श्रीमान्सँग २९ गते मोटरसाइकलमा काठमाडौं पुगेकी उनले जेठ ५ गते स्वाब परीक्षण गर्न दिइएकी थिइन् ।

काठमाडौंको कलंकीमा डेरामा बस्ने उनीहरु दुवैलाई घरभेटीले स्वाब परीक्षण गर्न सुझावको बताइएको छ । दुई जनामध्ये महिलाको मात्र मंगलबार पोजेटिभ रिपोर्ट आएको हो । दुवैजना काठमाडौंमा जागिर गर्ने बताइएको छ । संक्रमितपछि जिल्लामा रहँदा उनीसँग सम्पर्कमा आएका १२ जनाको बुधबार स्वाब संकलन गरेर परीक्षणका लागि भरपुर पठाइएको स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईले बताए ।

संक्रमित पाइएपछि नगरपालिकाले वडावासीलाई घर बाहिर हिँडडुल नगर्न भनेको छ । यसअघि जिल्लाका एकजनामा संक्रमित देखिएको थियो । ८ स्थानीय तह रहेको जिल्लामा अहिले ९० जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित् समाचार