गृहपृष्ठ Featured कपिलवस्तुमा दुई हजार ५५ जनाको स्वाब रिपोर्ट आउँन बाकी

कपिलवस्तुमा दुई हजार ५५ जनाको स्वाब रिपोर्ट आउँन बाकी

पछिल्लो अद्यावधिक विवरण अनुसार देशमै सबै भन्दा धेरै संक्रमित भेटिएको कपिलवस्तुमा करिब २०५५ जनाको स्वाब रिपोर्ट आउन बाकी रहेको छ ।

जिल्लाका विभिन्न नगरपालिका , गाउँपालिका एवम् तौलिहवा अस्पतालमा संकलन गरिएका स्वाबहरूको रिपोर्ट आउन बाकी रहेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांक अनुसार:
हाल सम्म पाँच हजार ७२ जनाको स्वाब संकलन गरिएको छ जसमा दुई हजार ७ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ साथै २ हजार ५५ जनाको स्वाब रिपोर्ट आउन बाकी रहेको छ ।

सम्बन्धित् समाचार