दाङ ।
राष्ट्रिय जनमोर्चा दाङको आयोजनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन महासाखा प्रमुख डाक्टर बिकास देबकोटासंग कोरोनाको बर्तमान स्टेज र नागरिकको दैनिक जीवन विषयक अन्तरसम्वाद कार्यक्रम सम्पन्न भयो । 
उक्त कार्यक्रममा डाक्टर बिकास देबकोटाले कोरोना भाइरसबाट जोगिने भनेकै भ्याक्सिनबाट हो । त्यो बेगर अहिले हामी यसबाट मुक्त हुन सक्दैनौँ । त्यसैले हामी संक्रमणबाट जोगिनको लागि उच्च सतर्कता अपनाउन जरुरी छ । बिश्व ब्यापी रुपमा यो भाइरसले आतंक सृजना गरेको छ । सबैको एकै मत हुन पनि सकेको छैन । हामीले लकडाउन गरेको आन्दोलनमा बन्द गरेको जस्तो होइन । ब्यक्ति ब्यक्ति बिचको भौतिक दुरी कायम गर्न सके लकडाउन नगरे पनि हुन्छ । तर आम नागरिकले त्यसो गर्न नसक्ने भएकोले लकडाउन गर्नु परेको हो । अहिले नै संक्रमण समुदायमा पुगिसकेको छैन । तर पनि कन्ट्र्याक ट्रेसिङ र संकास्पदलाई परीक्षण गर्ने कुरामा ढिलो गर्नु हुँदैन । मन्त्रालय बाट काम गर्दा कतिपय प्राबिधिक समस्याले समयमा काम हुन नसके पनि मन्त्रालय तदारुकताका साथ काम गरेको छ र कामले गति पनि लिएको छ । हामी हतोत्साहित नबनेर सबैको एकताका साथ कामलाई अगाडि बढाउनु पर्छ । मन्त्रालयमा पैसाको कमी पनि छैन । तपाईहरु जसरी लाग्नु भएको छ , यो ज्यादै राम्रो छ । अझै सबै सचेत नगारिकले स्वतस्फूर्त रुपमा हातोमालो गरेर अगाडि बढ्नु पर्छ । उहाँको कथन थियो ।
राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको सहजीकरणमा भएको कार्यक्रममा सहभागीहरुले विभिन्न जिज्ञासा् राख्नु भएकोे थियोे र त्यसको जबाफ पनि डाक्टर बिकास देबकोटाले दिनु भएको थियोे । कार्यक्रममा सहभागी दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले कतिपय काममा देखिएको ढिला सुस्ती र सरकारको कार्यसैली प्रति असहमति राख्दै आफ्नो कुरा राख्नु भएको थियोे । डाक्टर बिकास देबकोटाले विशेष गरी दाङको बारेमा कुरा गर्दै तपाईंहरु जस्ता उर्जासिल युबाहरुले नितान्त जिल्लाको बिकास र राम्रो स्वास्थ्य उपचाको ब्यबस्थालाई अगुवाइ गर्नुस्, मन्त्रालयले आफ्नो तर्फबाट सकेको सहयोग गर्ने कुरा बताउनु भयो । उक्त कार्यक्रम गुगल मिट मार्फत अनलाइनमा भएको हो ।








