कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले १ अर्व १३ करोडको बजेट ल्याएको छ । बाणगंगाको वडा नः १ स्थित बैरीयामा रहेको मायादेवि रिर्सोटमा भएको नगर सभा मार्फत १ अर्व १३ करोडको बजेट ल्याइएको हो । नगरपालिकाले बिशेष गरेर यस बजेटमा कृषिलाई प्राथमिकता दिएको नगर उप प्रमुख चक्र अर्यालले बताए ।

भौतिक पुर्वाधार निमार्णसगै नगरपालिकाले बजेटमा कोरोना नियन्त्रणमा समेत बजेट छुट्टाएको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवान, प्रदेश सभा सदस्य बिष्णु पन्थी, मेयर मगंल प्रसाद थारु लगायतले आआफनो धारणा राखेका थिए ।








