गृहपृष्ठ खबर कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको न्यायिक समितिमा १ वर्षमा ३३ मुद्दा दर्ता

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको न्यायिक समितिमा १ वर्षमा ३३ मुद्दा दर्ता

बुद्धभुमी नगरपालिकाको न्यायिक समितिबाट १ वर्षमा १७ वटा मुद्दा फर्छौट भएका छन् । २०७६।०७७ मा ३३ वटा मुद्दा दर्ता भए अनुसार १७ वटा मात्र फर्छौट भएका छन् भने १६ वटा फर्छौट हुन बाँकी रहेको बुद्धभुमी नगरपालिकाकी उपप्रमुख मिरा थारुले बताइन ।

नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका मुद्दाहरु मध्ये घरजग्गा तथा सिमा विवादका साथै निमार्णका कार्य रोक्का सम्बन्धी मुद्धा रहेको बुद्धभुमी नगरपालिकाका सामाजिक बिकास अधिकृत चिरञ्जीवी आर्चायले जानकारी दिए ।

यसरि फर्छौट नभएका मुद्दाहरु आवश्यक प्रमाणहरु अपुग भएका कारण बाँकि रहेको समितिका संयोजक उपप्रमुख थारुले बताइन ।  दर्ता भएका मुद्दाहरु न्यायिक समितिले केही मेलमिलापबाटै समाधान समेत गरेको छ र केही मुद्दा प्रक्रियाबाट नै समाधान भएको समितिका संयोजक थारुले बताइन  ।

सर्वसाधारणमा न्यायिक समिति प्रति विश्वास बढेकाले अदालत नगई नगरपालिकाको न्यायिक समिति बाटै प्राय मुद्दाहरु हल हुने क्रम बढेको सामाजिक बिकास अधिकृत आर्चायले बताए ।

सम्बन्धित् समाचार