कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले नगर भित्रका गर्भवति महिलालाई सुत्केरी हुने बेला निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।
नगरपालिका भित्र रहेका प्रसुती हुने महिलालाई घरबाट नगरले तोकेको तिन वटा अस्पतालमा लैजान लाग्ने एम्बुलेन्स शुल्क नगरपालिकाले दिने निर्णय भएको हो ।
नगरपालिका भित्रका ३ वटा बर्थिङ सेन्टर( पिपरा, ओदार र कोपवा) मा नगरपालिका भित्रका ६ वटा सस्थागत एम्बुलेन्सले उत्त सेवा दिने बाणगंगा नगरपालिकाका प्रवत्ता बिष्णु पौडेलले वैखरी अनलाइनलाई बताए ।
ति अस्पतालमा प्रसुती हुन नसक्ने भए डाक्टरको सिफारिसमा बुटवल रिफर गरिने र सो समयमा लाग्ने एम्बुलेन्स खर्च पनि नगरपालिकाले नै तिर्ने निर्णय भएको उनले बताए ।








