गृहपृष्ठ खबर निर्देशक बखति र पाण्डेय भन्छन ः हचुवाको भरमा प्राविधिक शिक्षा खारेज गर्ने निर्णय गलत

निर्देशक बखति र पाण्डेय भन्छन ः हचुवाको भरमा प्राविधिक शिक्षा खारेज गर्ने निर्णय गलत

प्राविधिक शिक्षा खारेज गर्ने निर्णय हचुवाको भरमा सरकारले गैर जिम्मेवार निर्णय गरेको प्राविधिक बिषयमा बिज्ञ तथा पुर्व निर्देशक रमेश बखतिले ध्यानाकर्षण गर्दै बताएका छन । यो बिषयमा सम्बन्धीत ब्यतिmहरुलाई समेत थाहा नभएको जवाफ पाउनु निकै लज्जास्पद भएको बिज्ञ बखति बताउछन ।

करिब ३२ बर्ष CTEVT को उच्च तहमा रही ( निमित्त सदस्य सचिब समेत ) सेवा गरेका एकदमै अनुभवीCTEVT लाई र प्राबिधिक बिषयका बिज्ञ बखतिले सरोकारवालाहरुसंग कुनै छलफल नै नगरि एक्कासी बिधार्थी भर्नाको समयमा आएर स्तरोन्नतिको कुनै मौका नै नदिई एकै चोटी सम्बन्धन खारेजको कुरा आउनु न्यायोचित कदापि नभएको उहाको भनाई छ । आयोगले निर्णय गरेको भनेर CTEVT CTEVT का पदाधिकारी चुप लागेर बस्न भने कदापि नहुने उनले बताए ।

 

यो ऐन कसरी आयो ऐनमा भएको प्रावधानको बारेमा मैले एउटा बैठकमा कुरा राख्दा त्यहाँ भएको प्रावधान कसरी राखियो आफुलाई थाहा नभएको भन्ने जिम्मेवार व्यक्तित्वले बोल्नु भएको CTEVT का निर्देशकज्यूहरुलाई अवगत नै होला भनेका छन । उनले यो कदम ततकाल फिर्ता लिन समेत आग्रह गरेका छन ।

त्यस्तै निजि प्राविधिक शिक्षालय प्रदेश नः ५ का अध्यक्ष अरुण कुमार पाण्डेयले एक बिज्ञप्ती निकाल्दै अर्बौको लगानी र १० हजार मानिसको रोजगारीलाई सरकारले अबमुल्यन गरेको उल्लेख गरेका छन । साथै उनले यो कदम तत्काल फिर्ता लिन समेत आग्रह गरेका छन । समयमानै उचित ब्यवस्थापन नभए आन्दोलनको आधि भेरी आउने अध्यक्ष पाण्डेयको भनाई छ । प्राविधिक शिक्षामा सरकारको सपना ७० प्रतिशत भएतापनि प्राविधिक शिक्षालयलाई बन्द गर्ने निर्णय अमान्य रहेको उनको भनाई छ ।

सम्बन्धित् समाचार