कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु कोरोना संक्रमितहरुको घरदैलोमा स्वास्थ्य बद्धर्कऔषधि लिएर उनीहरुको मनोबल बढाउन अग्रसर भएका छन् । होम क्वारेन्टिनमा बसेकाहरुको मनोबल बढाउने र उनीहरुमा थप हौसला प्रदान गर्न नगर प्रमुख थारुले वडा न. १ देखि सुरु गरेका हुन्। शुक्रवार नगर प्रमुख थारु वडा न.१मा रहेका कोरोना संक्रमितहरुको घरघरमा स्वास्थ्य कर्मिहरुको टोलि सहित पुगेका छन् ।
कोरोना संक्रमितहरुको मनोबल बढाउन प्रमुख थारुले संक्रमितहरु बसेको घर घरमै गएर उनीहरुको समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने क्रम वडा नं. १ देखि सुरु गरिएको सोहि वडा का वडा अध्यक्ष बालकुमारी पन्तले बताईन ।

खासगरी संक्रमितहरुमा उच्च मनोबल आवश्यक पर्ने भएपछि नगर प्रमुख होम क्वारेन्टिनमा बसेकाहरुको घरदैलोमा गएर आवश्यक परामर्श गर्ने, मनोबल बढाउने र छिटै निको भएर सामान्य जीवन यापन गर्नका लागि शुभकामना समेत दिने गरेको नगर प्रमुख थारुका स्वकिय सचिव गोविन्द प्रसाद आचार्यले जानकारि दिए ।

यसैवीच नगर प्रमुख थारुले संक्रमितका परिवारलाई समेत भेटेर परिवार र समाजले संक्रमितलाई गर्न सक्ने दुव्र्यवहार जस्ता कृयाकलाप अन्त्य गर्न समेत भूमिका खेलेका छन् ।
कोरोना जोखिमको बेला समेत होम क्वारेन्टिनमा बसेकाहरुको घर घरमा पुगेर नगर प्रमुख थारुले हौसला बढाउने काम गरेकोमा संक्रमित र तिनका परिवारले खुसी व्यक्त गरेका छन भने संक्रमितहरुले आफूहरुमा हौसला र थप आत्मविश्वास बढेको बताएका छन ।









