गृहपृष्ठ Featured बाल बिबाह न्युनिकरण सम्वन्धी सचेतना कार्यक्रम बोडगाँउमा सम्पन्न

बाल बिबाह न्युनिकरण सम्वन्धी सचेतना कार्यक्रम बोडगाँउमा सम्पन्न

 

ईलाका प्रहरी कार्यालय पिपराको आयोजना तथा वाणगंगा नगरपालिका वडा न.८ बोडगाउँको सहकार्यमा बाल बिबाह न्यूनिकरण सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । वडा कार्यालयको सभाहल बोडगाउँमा सम्पन्न भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बाल विबाह हुनुका कारण, महिला हिंसाका घटनाहरु घट्नु र यसको न्यूनिकरण गर्न वडामा बाल संजालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले कानूनले बिबाह गर्न निर्धारण गरेको २० वर्ष भन्दा कम उमेरमा विवाह भएमा वाल बिबाह ठहर्ने र त्यसरी बिबाह गरेमा कसुर गर्ने व्यक्तिलाई ३ वर्ष कैद र ३० हजार जरीवाना हुने कानूनी व्यवस्था रहेको बारेमा पनि जानकारी गराउनु भएको थियो । घरेलु हिंसा, शारीरिक तथा मानसिक रोग आदि समस्याहरुका कारण हुने बाल बिबाह समाजको मूल समस्याका रुपमा रहेबो बताउनुभयो ।

१५ दिने बालविवाह विरुद्धको सचेना अभियान अन्र्तगत आयोजना गरिएको सो कार्यक्रममा सरोकारवालाबाट समाजका हरेक संगठन र प्रहरीले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वडाध्यक्ष गुणनिधि भुसालले वडा न.८ लाई कोरोनाको महामारी कम भएमा आगामी चैत्र मसान्तसम्म वालमैत्री वडा घोषणा गर्न अभियान संचालन गरिएको बताउनुभयो । उहाँले वालमैत्री वडा घोषणा गर्नका लागि आवश्यक सूचकहरु पूरा गर्दै बाल शिक्षा, बाल हिंसा लगायतका सूचकहरुलाई न्युनिकरण गर्दै अगाडी बढेको बताउनुभयो ।

कार्यक्रममा वडा वाल संजाल, वालक्लव, वालमैत्री समन्वय समिती, निगरानी समिती, सबै टोल बिकास समितीका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण वडा सदस्य गीता भुसालले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार