कपिलवस्तु जिल्लाको बाणगगा नगरपालिकामा रहेको एक मात्र सरकारी पिपरा अस्पतालका मे.सु डाक्टर रञ्जीता महतोको मनपरिका कारण स्थानिय देखि सेवाग्राही सम्म मारमा परेका छन ।
उनले न त कुनै डाक्टरले लगाउने पोसाकनै कहिल्यै लगाँउछिन न त सरकारी पोसाकनै, न त कुनै बिरामी चेक जाँचनै गर्छिन । यस्तो अवस्था देख्दा अस्पताल आएका बिरामीहरु र स्थानिय समेत दिक्क छन । बुधबार भएको स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रममा बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत पोशाकमा आए तर उनी आफ्नै क्वाटरमा बस्दा लगाउने लुगा लगाएर आइन ।
उनले अहिलेसम्म कार्यालय पोशाक लगाएको नदेखेको अस्पतालकै एक कर्मचारीले बताए । अन्य कर्मचारी स्रोतकै अनुसार उनले दिनमा बढिमा ३ जना बिरामी हेरेको आफुहरुले देखेको बताए । अस्पतालमा दैनिक करिब २ सय बढि बिरामीहरु आउने गरेका छन ।

यस्ता कर्मचारीको अनुगमन गर्ने कुनै निकाय छैन की ? डाक्टरले जे गरे पनि हुन्छ ? सम्वन्धित निकाय माथि प्रश्न उठ्न थालेको छ । पिपरा अस्पतालकी डाक्टर रञ्जीता यादवले सरकारले दिने गरेको बार्षिक दश हजार पोसाक भत्ता पोसाकमा नभएर अन्यमा खर्च गरेको प्रमाण बिना पोसाक कार्यालयमा उपस्थित हुनुले प्रमाणित गरेको छ ।
उनी अस्पतालमा आएर डाक्टरको नभई अस्पतालको अध्यक्षझै गरी कर्मचारीलाई निर्देशन मात्र दिने गरेकी छन । अस्पताल सरसफाईमा नियुक्त कर्मचारीलाई उनले आफनो क्वाटरमा खाना पकाउने र सरसफाई कार्यमा लगाउने गरेकी छन ।
यता पिपरा अस्पतालका अध्यक्ष तथा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, उप प्रमुख चक्र अर्याल र वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेल अस्पतालको गुणस्तरीयताका लागी नियमित लागेता पनि डाक्टरका कारण गा्रहो भएको बुझिएको छ । उनले आफनो स्वार्थका लागी दोस्रो गेट समेत बन्द गरेकी छन । केही मेडिकल हलको प्रलोभनमा परि उनले आफनो स्वार्थका लागी गेट बन्द गरेकी हुन ।








