
कपिलवस्तु जिल्लामा रहेको कपिलवस्तु उद्योग बाणिज्य सघंको अधिवेशन माघ २३ गते हुने प्रस्ताव सचिवालय बैठकले ल्याएको छ । आज बसेको सचिवालयको बैठकले आउने माघ २३ गते सघंको १५ औ साधारण सभा तथा ७ औ अधिवेश गर्ने प्रस्ताव अध्यक्ष उमानाथ पौडेलले बताए ।
बैठकले उद्योग बाणिज्य महासघंमा भएको हारको समिक्षा समेत गरेको छ । सो अवसरमा सघंका बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, उपाध्यक्ष हुमनाथ पौडेल र टोप नारायण भण्डारी, महासचिव लक्ष्मण भुसाल लगायत पदाधिकारी , सल्लाहकार र पुर्व अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष उमानाथ पौडेलले आफुले २३ गते नै चुनाव गराउने भन्ने कुरा आफु निर्वाचित हुदा भनेकाले भनेको कुरा गरैरे छाडने बताए ।








