
कपिलवस्तु : कपिलवस्तुको तौलिहवामा सम्पन्न स्वर्गीय दयाशंकर मुन्सी क्रिकेट प्रतियोगीताको उपाधि लुम्बिनी ९ युवा क्लवले हात पारेको छ । कालिका युवा क्लवद्धारा आयोजित प्रतियोगीतामा अजित ज्वेलर्स तौलिहवालाई १३ रनले हराउर्दै लुम्बिनीले उपाधि हात पारेको हो । जितसंगै ल्ुम्बिनीले ३० हजार नगद र कप प्राप्त गरेको छ ।
यस्तै उप बिजेताले १५ हजार नगद र कप पाएको छ । पहिलो ब्याटिङ गरी निर्धारित २० ओभरमा लुम्बिनीले सबै विकेट गुमाउदै ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको अजित जवेलर्स सबै बिकेट गुमाउदै ८० रनमा समेटियो । लुम्बिनीका जादेले २४, इर्सादले १३ रन जाडे ।
अजित ज्वेलर्सका राज अग्रहरीले १६ र बिजय थापाले १४ रन बनाए । म्यान अफ द सिरिज घोषित भएका जाबेदले ब्याट प्राप्त गरे । बिजयी खेलाडीलाई कपिलवसतु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरे तथा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेलले संयुक्तरुपमा पुरस्कार बाडेका थिए ।
प्रतियोगीतामा प्रथम भएकाहरुलाई दयाशंकर मुन्सीका छोरा र नाति ईश्वरचन्द गुप्ताले सो अवसरमा ३० हजारको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा संघका अध्यक्ष प्रकाश गैरेले स्थानीय युवाहरुको अगुवाईमा क्रिकेट प्रतियोगीता हुनु राम्रो भएको बताए । उनले जिल्लाका क्रिकेटको विकासकालागि सबै पालिकाले लगानी गर्नु पर्ने बताए ।
सरोज डफालीको अध्यक्षताा भएको कार्यक्रममा कपिलवसतु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रबिन्द्र तिवारी लगातयको सहभागीता थियो ।








