गृहपृष्ठ खबर सप्तरी प्रिमियर लिगको उपाधि खडक वारियर्सलाई

सप्तरी प्रिमियर लिगको उपाधि खडक वारियर्सलाई

काठमाडौं : बजाज खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। राज रंगशालामा शनिबार सम्पन्न फाइनलमा वारियर्सले रुपनी राईडर्सलाई १ रनले पराजित गर्‍यो।

वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४५ रन बनाउन सक्यो।

यस अघि टस जितेर ब्याटिङ रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १४६ रन बनाएको थियो।

उपाधि सहित बजाज खडक वारियर्सले ३ लाख रुपैयाँ हात पार्यो। यस्तै रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार साह चुनिए। उनले २५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३३४ रन बनाए।

प्रतियोगिताकै उत्कृष्ट बलर विशाल सुश्लिङ र उत्कृष्ट ब्याट्सम्यान अनिल शाह चुनिए। उनीहरूले जनही १५(१५ हजार प्राप्त गरे। विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिए।

सम्बन्धित् समाचार