गृहपृष्ठ खबर अफ्रिकन रुट्स आहा रारा गोल्डकपको फाइनलमा प्रवेश

अफ्रिकन रुट्स आहा रारा गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं : रुट्स एशोसियसन क्यामरुन १९औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिहीबार भएको खेलमा नेपाल पुलिस कल्बलाई २(० ले पराजित गर्दै क्यामरुन उपाधि नजिक पुगेको हो। क्यामरुनको जितमा बासेक र मौसाले एकरएक गोल गरे।

खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै टोलीलाई अग्रता लिएको थियो। त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै क्यामरुनलाई २-० को जित दिलाएका हुन्। खेलको म्यान अफ दि म्याच मौसा चुनिए।

पहिलो पटक सहभागिता जनाएको क्यामरुन पहिलो पटक फाइनल पुगेको हो। सर्वाधिक ६ पटकको च्याम्पियन पुलिस भने सेमिफाइनलबाटै बाहिरिएको छ। उपाधिको लागि क्यामरुनले शनिबार संकटासँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित् समाचार