गृहपृष्ठ खेलकुद नेपालका कुशल भुर्तेल आइसिसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा

नेपालका कुशल भुर्तेल आइसिसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा

नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘प्लेयर अफ दि मन्थ’ को मनोनयनमा परेका छन्।

आइसिसीले बुधबार सार्वजनिक गरेको अप्रिल महिनाको मनोनयनमा कुशलसँगै पाकिस्तानका दुई खेलाडी पनि समावेस छन्।

कुशलसँगै पाकिस्तानका फखर जमान र बाबर अजाम पनि मनोनयनमा छन्।

कुशलले यहि महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजमार्फत टी-२० मा डेब्यू गरेका थिए।

नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिजमा उनले पाँच खेलमा चार अर्धशकत प्रहार गरेका थिए। उनले पाँच खेलमा २७८ रन प्रहार गरेका थिए।

कुशलको उत्कृष्ट प्रदर्शनमा नेपालले घरेलु मैदानमा ११ वर्षपछि उपाधि उचालेको थियो।

यता फखरले दुई एकदिवसीय शतकसहित ३०२ रन प्रहार गरेका थिए। यस्तै बाबरले एकदिवसीय खेलमा २२८ रन र टी-२० मा ३०५ रन प्रहार गरेका थिए।

मनोनयनमा परेका तीन खेलाडीलाई आइसिसीको आधिकारीक वेभ पोर्टलमा भोट गर्न सकिनेछ।

सम्बन्धित् समाचार