गृहपृष्ठ Featured बाणगंगाको आईसोलेसनलाई थप व्यवस्थापन गर्न प्रकोप ब्यबस्थापन संजाललले पुर्ण सहयोग गर्ने

बाणगंगाको आईसोलेसनलाई थप व्यवस्थापन गर्न प्रकोप ब्यबस्थापन संजाललले पुर्ण सहयोग गर्ने


हरि घिमिरे, चार नम्बर
बाणगगा नगरपालिकाको शिद्धार्थ क्याम्पसमा संचालनमा रहेको आईसोलेसन सेन्टरलाई थप व्यवस्थापन गर्न बाणगंगा नगर स्तरिय कोरोना प्रकोप ब्यबस्थापन संजालले पुर्ण सहयोग गर्ने जनाएको छ ।

संजालले बाणगंगा नगरपालिकाले कोरोना संक्रमितहरुको तथा नगरका नागरीक प्रति खेलेको भुमिकाको प्रशंसा गर्दै अझ थप व्यवस्थित गर्नका लागि प्रतिबद्ध रहेको जनाएको छ ।

नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले गरेका हरेक कामले नागरिकहरुमा कोरोना जित्न सकिन्छ भन्नेखालका अभिव्यत्ति आउन थालेकोपनी संजालले बताएको छ ।

त्यस्तै संजालले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि एक दर्जन संघ संस्था मिलेर गठन भएको कार्यदलले नगरपालिकालाई विभिन्न प्रस्तावहरु पनि पेश गरेको छ । संघका अध्यक्ष डोककराम घिमिरेको संयोजकत्वमा गठित संजालको समन्वयमा बाणगंगा नगरपालिकाले स्थापना गरेको आईसोलेसन केन्द्रलाई थप व्यबस्थित बनाउनका लागि सहयोग गर्ने भन्दै प्रस्तावना पेश गरिएको हो ।

बाणगंगा नगरपालिकामा कोरोना आईसोलेसन केन्द्र स्थापना तथा संचालन र आवश्यक स्रोत र साधनको व्यबस्थापन तथा सहकार्यलाई प्रवद्र्धन गर्ने प्र्रस्तावना पेश गरिएको संजालका संयोजक घिमिरले जानकारी दिए । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि कुशल प्रभावकारी र जवाफदेही नेतृत्व प्रदान गर्ने, संजाललाई आवश्यक सल्लाह सुझाव तथा परामर्श दिने, साधन स्रोतको पारदर्शि रुपमा वितरण गर्ने र आईसोलेशन ब्यबस्थापनका लागि समितिलाई आवश्यक साधन स्रोत व्यबस्थापन गर्ने जस्ता नगरपालिकाले पुरा गर्नुपर्ने भुमिकाहरु पनि प्रस्तावनामा पेश गरिएको छ ।

सम्बन्धित् समाचार