गृहपृष्ठ Featured आजको मौसम : कतै वर्षा कतै भारी वर्षा हुने

आजको मौसम : कतै वर्षा कतै भारी वर्षा हुने

आज दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ बागमतीलगायत प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने छ ।

आज राति प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

अहिले देशका अधिकांश भू-भागमा बदली भइरहेको तथा सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ । त्यस्तै प्रदेश १ को तराई भू-भागमा र प्रदेश २ को केही स्थानमा मेघ गर्जनसहित पानी परिरहेको महाशाखाले जानकारी दिएको छ ।

भोलि देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । प्रदेशका १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै मंगलबार देशका अधिकांश भू-भागमा बदली हुने छ । केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार