गृहपृष्ठ Featured ‘बजेट उत्साहजनक, तर कार्यान्वयनमा शंका छ’ ः अध्यक्ष डोलकराम घिमिरे

‘बजेट उत्साहजनक, तर कार्यान्वयनमा शंका छ’ ः अध्यक्ष डोलकराम घिमिरे

कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले सरकारले प्रस्तुत गरेको बजेटले धेरै विषयवस्तुलाई समेटेको बताएका छन् । विगतका वर्षमा भन्दा यो बजेटमा निजी क्षेत्रका धेरै माग समेटिएको बताउँदै उनले कार्यान्वयन हुनेमा भने आशंका व्यक्त गरेका छन ।
धेरै कुरा समेट्ने प्रयास भएको छ । तर, कार्यान्वनय पक्ष कस्तो हुन्छ, हामी त्यसलाई हेर्नुपर्ने हुन्छ,’ उनले वैखरीसगं भने, ‘कार्यान्वयनमा ध्यान दिएर व्यवहारमा उतार्न सके सरकार धन्यवादको पात्र हुन्छ । नत्र आलोचनाको पात्र बन्नुपर्नेछ ।’

त्यस्तै उनले उद्योग, कलकारखाना बन्द रहेको समयमा विद्युतको डिमाण्ड शुल्क, घरभाडा, राजस्व छुटलगायतका माग सम्बोधन भएकाले बजेट सकारात्कम रहेको बताए ।

‘हामी उद्योगी व्यवसायीका लागि मात्र नभएर विपन्न वर्गदेखि ठूला उद्योगी व्यवसायी, पर्यटन उद्योग, शिक्षित युवा, ज्येष्ठ नागरिक, पत्रकार सबै क्षेत्रलाई समेटेको एकदमै राम्रो बजेट छ,’ उनले भने ।
अध्यक्ष घिमिरेले सुजन थापाले सरकारले ल्याएको बजेटमा उद्योगी व्यवसायीले उठाउँदै आएका अधिकांश माग सम्बोधन भएको बताए ।

सम्बन्धित् समाचार