गृहपृष्ठ Featured विपक्षी गठबन्धनले पहिला लुम्बिनी प्रदेश सरकार वैध कि अवैध भनेर छुट्याइनुपर्ने माग

विपक्षी गठबन्धनले पहिला लुम्बिनी प्रदेश सरकार वैध कि अवैध भनेर छुट्याइनुपर्ने माग

विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकार वैध कि अवैध भनेर पहिलो छुट्याइनुपर्ने माग गरेको छ । त्यसपछि मात्रै प्रदेश सरकारले ल्याएको बजेट पास गर्नतिर सोच्न सकिने विपक्षी गठबन्धनको अडान छ ।

आइतबार प्रदेशसभामा विशेष समय माग गरेर बोल्दै काँग्रेस सांसद वीरेन्द्र कनौडियाले  पहिला सरकार वैध हो कि अवैध हो भन्ने छिनोफानो हुनुपर्ने बताए । उनले भने , ‘सरकार वैद्य कि अवैध पहिला छुट्याउनु पर्छ ।’
विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् ।  उनीहरुले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भएपनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् ।

विपक्षीको दावी अनुसार मुख्यमन्त्रीसँग प्रदेशसभामा विश्वासको मत छैन ।

यही विवादका बीच काँग्रेस, माओवादी, जसपासहितका विपक्षी गठबन्धनले आइतबारको प्रदेशसभा बैठकमा आफ्नो धारणा राखेर बहिस्कार गरेको छ ।
बैठकमा आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो ।

सम्बन्धित् समाचार