गृहपृष्ठ खबर चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवनको रत्ननगरमा बाघको आक्रमणमा परी एक जना महिलाको ज्यान गएको छ । रत्ननगर नगरपालिका- ५, मगरटोलकी ३२ वर्षीया गिता अधिकारीको सोमबार दिउँसो बाघको आक्रमणमा परी मृत्यु भएको हो ।

दिउँसो घरनजिकैको जनकौली मध्यवर्ति सामुदायिक निउँरो टिप्न गएको समयमा उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सुर्य बहादुर थापाले जानकारी दिए ।

अधिकारीको शव समयमै निकाल्न नसकेको भन्दै स्थानीयले निकुञ्जको पूर्वी सेक्टर सौराहमा रहेको कार्यालयका फर्निचरमा आगजानी तथा तोडफोड गर्दै प्रदर्शन गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार हात्ती सहितको प्राविधिक टोलीले नंरभक्षी बाघलाई साढे चार बजे डार्ट गरी नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित् समाचार