गृहपृष्ठ Featured आजको मौसम : अधिकांश भू-भागमा वर्षा

आजको मौसम : अधिकांश भू-भागमा वर्षा

आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको तथा दक्षिणी भू-भागनजिक मनसुनी न्यून चापीय रेखा रहेको महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

भोलि दिउँसो देशभर बदली रही केही स्थानमा पानी पर्ने तथा राति प्रदेश १, प्रदेश २ र  बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै सोमबार देशभर बदली रही केही स्थानमा वर्षा हुने तथा राति प्रदेश १ का केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार