गृहपृष्ठ खबर अस्ट्रेलियामा कोभिड-१९ संक्रमणको दर बढेपछि नेताहरु छलफलमा

अस्ट्रेलियामा कोभिड-१९ संक्रमणको दर बढेपछि नेताहरु छलफलमा

अस्ट्रेलियामा कोभिड १९ संक्रमणको दर बढेपछि नेताहरु छलफलमा जुट्ने भएका छन्। संक्रमण नियन्त्रण गर्न आफ्नो सबै सीमा बन्द गरेको अस्ट्रेलियामा पछिल्लो केही समयदेखि फेरि संक्रमण बढ्दै गएको हो।

अस्ट्रेलियामा निकै संक्रामक मानिएको ुडेल्टा भेरियन्टु कै कारण संक्रमण बढेको पाइएको छ। सिड्नीमा ुडेल्टा भेरियन्टु को १२८ केस देखिएको छ। नर्थन टेरिटोरी, क्विन्सल्यान्ड र वेस्टर्न अस्ट्रेलियामा पनि ु डेल्टा भेरियन्टु बाट संक्रमितहरुको पहिचान भएका छन्।

सरकारी अधिकारीहरुले महिनौंपछि देशको विभिन्न भागमा एकसाथ संक्रमण देखिएको भन्दै अस्ट्रेलियाका लागि यो समय निकै गम्भीर रहेको बताएका छन्। अस्ट्रेलियामा संक्रमणको नयाँ लहरमा प्रवेश भएको उनीहरुले बताएका छन्।

संक्रमण देखिएसँगै सिड्नी र डार्बिनमा लकडाउन गरिएको छ। चार राज्यहरुमा प्रतिबन्धहरु पुन: लगाइएको छ।

विश्वमा पछिल्लो समय कोभिड- १९ संक्रमण दर घट्दै गएपनि फेरि ‘डेल्टा भेरियन्ट’ का कारण संक्रमण फैलिने खतरा बढ्दै गएको छ।

सम्बन्धित् समाचार