गृहपृष्ठ Featured घट्दै सक्रिय संक्रमित, ९२.६ प्रतिशतले जिते कोरोना

घट्दै सक्रिय संक्रमित, ९२.६ प्रतिशतले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६४० जनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

आज ६ हजार ६४८ पीसीआर परीक्षणबाट १ हजार ५०९ जनामा कोरोना देखिएको छ भने ४ हजार ९९२ एन्टिजेन परीक्षणबाट ९३५ जनामा रिपोर्ट पोजिटिभ  आएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३५५, ललितपुरका ११२ तथा भक्तपुरका ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपाल सक्रिय संक्रमितको संख्या घट्दै गउको छ । आज देशभर ३७ हजार ९५० सक्रिय संक्रमित रहेका छन् । हिजो ४० हजार ३३६ जना सक्रिय संक्रमित रहका थिए । आज ३५ हजार ७५ जना होम आइसोलेसनम हरेका छन् भने २ हजार ८७५ जना संस्थागत आइसोलेसनमा छन् । गम्भीर अवस्थाका १९३ जना भेन्टिलेटरमा र ६५७ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ । नेपालमा निको हुने दर ९२.६ रहेको मन्त्रालयलले जनाएको छ ।

सम्बन्धित् समाचार