ढाका : बङ्गलादेशको राजधानी ढाकामा विस्फोटको क्रममा कम्तिमा सात जनाको मृत्यु भएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार साँझ ढाकाको मेघा बजारस्थित आरोङ कम्पनीको सोरूम नजिकै उक्त विस्फोट भएको थियो । यहाँको एउटा चार तले भवनमा विस्फोट भएको थियो ।
विस्फोटबाट भवन छेउछाउमा रहेका अन्य संरचनामा पनि क्षति पुगेको बताइएको छ । घटनाबारे प्रहरीले छानविन गर्ने जनाएको छ । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।
यद्यपि प्रारम्भिक अनुसन्धानको क्रममा ग्यास विस्फोट भएको हुनसक्ने बताइएको छ। घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।








