गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमीले आफनै लगानीमा बनायो ३ करोड बढी लागतको पुल, स्थानिय खुशी

कपिलवस्तुको बुद्धभुमीले आफनै लगानीमा बनायो ३ करोड बढी लागतको पुल, स्थानिय खुशी

कपिलवस्तु १७ असार
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले आफनै लगानीमा ३ करोड बढी लागतको पक्की पुल बनाएको छ । वडा नम्बर १० स्थित घोराही नालामा लोहरौला– अलीनगर गाउ जोडने पुल नगरपालिकाले बनाएको । बहुबर्षे आयोजना अन्तर्गत २ बर्ष लगाएर ३ करोड ३३ लाख ६२ हजार ५८० रुपैया लागतको पुल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । २० दशमलव ५ मिटर लामो र ७ दशमलव २० मिटर चौडाईको पुल निर्माण गरिएको ईन्जीनीयर निकिता त्रिपाठीले बताईन । पालिकाको बहुबर्षे आयोजना अन्तर्गत यो आयोजना दोश्रो ठुुलो रहेको समेत उनले बताईन । बुद्धभुमीमा रिङ रोड बनाउने पालिकाको सबै भन्दा ठुलो आयोजना हो । पुलको उदघाटन गर्दै मेयर केशव कुमार श्रेष्ठले सदरमुकाम तौलिहवासंग जोडनका लागि पुल निर्माण गरिएको बताए । ‘ अब आफनो पालिका र तौलिहवामा आउजाउ गनै निकै सजिाले भएको छ ’ उनले भने ।

तरकारी उत्पादन गर्ने वडाकारुपमा रहेको पुर्व धनकौली गाबिस भित्र निर्माण गरिएको यो पुलले कृषकहरु धेरै लाभान्वित हुने उनले बताए । प्रमुख प्रशाकीय अधिकृत अनिल पौडेलले पालिकाको आफनै लागनीमा बनाइएको यो पुलले धेरैलाई फाइदा हने बताए । ‘ पालिकाले टोले सडक मात्र बनाउने भन्ने गरिन्थ्यो तर यो पुल निर्माणले नगरपालिकाले ठुलो काममा नि हात हाल्छ सक्छ भन्ने सन्देश गएको छ ’ उनले बताए ।
वडा नम्बर १० का अध्यक्ष सन्दीप पाण्डेयले पुल निर्माणले तरकारीको पकेट क्षेत्र रहेको धनकौलीमा आर्थिक कारोवार बढने बताए । ‘ सदरमुकाम र पालिका बिच दुरी घटाएको छ कृषकmलाई धेरै नै फाईदा हुन्छ । यस अघि यहा पुल नहुदा काठे पुलमा जोखिमपुर्ण यात्रा गर्न गाउलेहरु बाध्य थिए । बिद्यार्थीहरुलाई पनि आउजाउ गर्न सजिलो भएको छ । मेयर केशव कुमार श्रेष्ठको अध्यक्षता, राजन पोखरेलको संचालनमा भएको उदघाटन समारोहमा वडा नम्बर १ का अध्यक्ष तिलक बस्नेत, ईन्जीनीयर निकिता त्रिपाठी लगायतले मन्तब्य दिएका थिए । पुल संझौता अनुसार नै तोकिएको सयममा निर्माण भएको हो ।

सम्बन्धित् समाचार