गृहपृष्ठ Featured देशभर थपिए २७ सय कोरोना संक्रमित, निको हुने ६ लाख नाघे

देशभर थपिए २७ सय कोरोना संक्रमित, निको हुने ६ लाख नाघे

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९८५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, आज ४ हजार १७ जना संक्रमणमुक्त भएसँग निको हुनेको संख्या ६ लाख नाघेको छ । अहिलेसम्म ६ लाख १४९ जना निको भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज थप ३३ जना संक्रमितको निधन भएको छ । अहिलेसम्म ९ हजार १४५ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयको तथ्यांक छ ।

अहिलेसम्म ६ लाख ४० हजार ६६२ जनामा कोरोना पुष्टि भएको छ । देशभर ३१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित् समाचार