गृहपृष्ठ Featured निषेधाज्ञामा पनि लुम्बिनि प्रदेशका सडक दुर्घटना रोकीएन, ८७ को मृत्यु

निषेधाज्ञामा पनि लुम्बिनि प्रदेशका सडक दुर्घटना रोकीएन, ८७ को मृत्यु

दोश्रो चरणको लकडाउन सुरु भए यता लुम्विनी प्रदेशभर सवारी दुर्घटनाबाट ८७ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय , दाङ्ग–तुल्सीपुरका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक मधुसुदन लुइँटेलले दिएको जानकारी अनुसार यस अवधीमा नवलपरासीमा ६१ वटा सवारी दुर्घटना भएका छन्। रुपन्देहीमा ३८ वटा,कपिलवस्तुमा ३२ वटा, पाल्पमा १२ वटा, गुल्मीमा २, अर्घाखाँचीमा २ वटा, दाङ्गमा २७, वटा सवारी साधन दुर्घटना भएका छन् ।

प्यूठानमा ५, रोल्पामा ५, रुकुम पुर्वमा२, बाँकेमा २२ र बर्दियामा १३ वटा सहित २ सय २१ वटा सवारी साधन दुर्घटना भएका छन् । नवलपरासीमा १४ जना दुर्घटनमा परि मृत्यु भएका छन् , रुपन्देहमाी पनि १४ , कपिलवस्तुमा १८ जना , पाल्पामा ४ जनाको सवारी दुर्घटनामा परि ज्यान गएको छ। गुल्मीमा २ जना, अर्घाखाँचीमा १ जना , प्युठानमा ७ जना , दाङ्गमा ७ जना , रोल्पामा १ जना , रुकुम पुर्वमा १ जना, बाँकेमा १४ र बर्दियमा ४ जना सहति ८७ जनाको मृत्यु भएको छ । प्रदेशभर २ सय ८७ जना घाईते भएका छन् ।

२ महिनामा साढे २ करोड बढी राजश्व संकलन
बैशाखको दोस्रो सातादेखि असारको पहिलो सातासम्म लुम्विनी प्रदेशको प्रहरी र ट्राफिक प्रहरीले साढे दुई करोड बढी राजश्व संकलन गरेको छ । नवलपरासीको प्रहरीले १७ सय ५४ वटा सवारी साधन कार्वाही गरि १० लाख ७८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । रुपन्देहीको प्रहरीले ११ हजार ७ सय वटा सवारी साधन कार्वाही गरि १ करोड ३२ लाख ३ हजार राजश्व संकलन गरेको छ ।

कपिलववस्तुको प्रहरीले ४३ सय ८८ वटा सवारी साधन कार्वाही गरि ३० लाख ४६ हजार राजश्व संकलन गरेको छ। पाल्पा प्रहरीले १४ सय ४५ वटा सवारी साधन कार्बाही गर ८ लाख ३४ हजार राजश्व संकलन गरेको छ। गुल्मी प्रहरीले ८ सय वटा सवारी साधन कारबाही गरी ४ लाख ८८ हजार ५ सय राजश्व संकलन गरेको छ ।

अर्घाखाँची प्रहरीले ४ सय ५० वटा सवारी साधन कार्वाही गरि ३ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । दाङ्ग प्रहरीले ५ हजार २ सय वटा सवारी साधन कार्बाही गरि ३० लाख २५हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । प्यूठानले ४ सय ५० वटा सवारी साधन कार्बाही गरि २ लाख ८१ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । रोल्पा प्रहरीले ३ सय ७३ वटा सवारी साधन कार्बाही गरी २ लाख २५ हजार ५ सय राजश्व संकलन गरेको छ।

कुम पूर्वले ८१ वटा सवारी साधन कारबाही गरी ६७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । बाँके प्रहरीले ५ हजार १ सय ५४ सवारी साधन कार्वाही गरि २९ लाख ३५ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । बर्दियाले १४ सय ८४ वटा सवारी साधन कार्वाही गरि ८ लाख ८१ हजार राजश्व संकलन गरेको छ ।

त्यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले २ हजार ३ सय ५० वटा सवारी साधन कार्बाही गरि १३ लाख १९ हजार रुपैयाँ राजश्व संकलन गरको छ । प्रदेशभर कुल ३५ हजार ६ सय २९ वटा सवारी साधन कारबाही गरि कुल २ करोड ६९ लाख ४ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।

सम्बन्धित् समाचार